Logo

सातै प्रदेशमा ‘ग्लोबल मनी विक’ मनाउँदै सिभिल बैंक



काठमाडौं, ८ चैत्र । सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध कार्यक्रमहरु गर्ने भएको छ । बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल क्रम अनुसारले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने भएको हो ।

बैंकले चैत्र ९ गते प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने, १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी, ११ गते वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै, बैंकले १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, १४ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र १५ गते सुदुरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गर्ने जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्