काठमाडौं, ८ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको निरीक्षण गरेका छन् । उनी आज विमानस्थलको आकस्मिक निरीक्षणमा पुगेका हुन् । उनले एक साताभित्र सम्पुर्ण कमिकमजोरीलाई सुधार गर्न व्यवस्थापनलाई निर्देशन दिएका छन् ।
उनले आफू अर्को हप्ता पूनः निरीक्षणमा आउने पनि जनाएका थिए । मन्त्री ढकालले विमानस्थलभित्रका पुर्वाधार निर्माण, मर्मतलगायत कुराले यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको गुनासो आएको सुनाउँदै सेवा प्रवाहमा कुनै ढिलासुस्ती नहोस भन्ने निर्देशन दिएका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम