सोलुखुम्बु, ८ चैत्र । नेपाली काँग्रेस सोलुखुम्बुका पुर्व जिल्ला सभापति आङगेलु शर्पाको क्रियाशिल सदस्यता सुचिबाटै नाम हटाईएको पाईएको छ । विवादित जिल्लाको रुपमा रहेको सोलुखुम्बुको जिल्ला समितिले ढिलो गरि बुझेर ल्याएको पुराना क्रियाशिल सदस्यहरुको सुचिमा पुर्व सभापति शेर्पाको परिवारकै नाम समावेश नगरिएको भेटिएको हो ।
पुर्व जिल्ला सभापतिका वुवा एवं पञ्चायतकालका काँग्रेसका जिल्ला उपसभापति नुरुवाङ्डा शेर्पा लगायतको उनको परिवारको नाम नै नविकरणको सुचिमा नरहेको सोलुदुधकुण्ड नगरपालिका ३ का काँग्रेस ईकाइ सभापति कृष्णगोपाल राजभण्डारीले बताए ।
सभापति राजभण्डारीले आफुलाई जिल्ला समितिले दिएको सुचिमा पुर्व सभापति शेर्पा परिवार कसैको पनि नाम नरहेको उल्लेख गरे । क्रियाशिल नविकरण गर्न गाउँ गएका पुर्व सभापति शेर्पाले सुचिमा आफ्नो नाम नभेटेपछि पार्टी भित्रैको षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्।
लगातार ३ कार्यकालसम्म काँग्रेस सोलुखुम्बुको नेतृत्व गरेका शेर्पाको नाम हटाईनुलाई पार्टी भित्रको ईत्तर गुटको चलखेलको रुपमा लिईएको छ । यता जिल्ला सभापति विनोद बस्नेतले भने सबै क्रियाशिल सदस्यहरुको सुचि वडा समितिलाई नै बुझाएको दाबी गरे ।