Logo

माधव नेपालको ताल देखेर मलाई झोंक नै चलेको छ, र पनि म माधव कमरेड भनिराछु : गोकुल बाँस्कोटा (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले निर्वाचनमा जाने कुरा कुन प्रतिगमनकारी कुरा थियो ? भन्ने प्रश्न गरेका छन् । उनले संसदले सरकार दिन नसक्ने अवस्था भयो भने मुलुक चुनावमा जाने निश्चित् रहेको बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिभावक सम्झिनेहरुले बा भन्नु नौला कुरा नभएको बताए । अहिले ८० वालाहरुले केपी ओलीलाई विदाई गर्न खोजेको र १८ वालाहरुले आई लभ युव केपी बा भन्दै हिँडेको पनि उनले सुनाए । उनले भने-“यो मैले भनेको होईन ।’

पत्रकार धमलाले वरिष्ठ नेता माधव कुमार नेपालले त केपी बा, केपी बा, केपी बा भनेर यो प्रवृत्तिको टिप्पणी गरेका छन् नि भनेर सोधेको प्रश्नमा नेता बाँस्कोटाले भने-“उहाँका पनि छोराछोरी छन् नि । छोरा छन् । छोरी छन् । बा नै भन्छन् होला नि । हजुरबुवा त भन्दैनन् होला नि । अनि नातिनातिनीहरुले हजुरबुवा भन्छन् होला । यो त हाम्रो नाता सम्बन्धलाई प्रकट गर्ने कुरा हो । हाम्रो आत्मियतालाई प्रकट गर्ने कुरा, अभिभावकत्व प्रकट गर्ने कुरा हो नि । ठाने गरे, त्यसमा के रुवाबासी छ त ? माधव कमरेड भन्छन् नि त उहाँलाई, मलाई झोंक नै चलेको छ, उहाँको ताल देखेर । र पनि म माधव कमरेड भनिराछु । आदरणीय नेता भनिराछु । त्यसैले यसमा के ईष्र्या ? ईष्र्यामा जलेर के हुन्छ ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot