Logo

प्रचण्डले प्रधानमन्त्रीमाथि आरोप लगाएको तर समर्थन फिर्ता नगरेको भन्दै थापाले भने–’लाजमर्दो राजनीति’



काठमाडौं, ९ चैत्र । राप्रपाका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनेर लगाएको आरोपमा टिप्पणी गरेका छन् । उनले दाहालले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोप सुन्दा आश्चर्य लागेको पनि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीमाथि यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राखेको भन्दै यसलाई लाजमर्दो राजनीति भनेका छन् । उनले लेखेका छन्–”२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli  लाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ।यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति!”



प्रतिक्रिया दिनुहोस्