Logo

बेपत्ता झा दम्पत्तिको घटनामा संलग्न ४ जना सार्वजनिक



काठमाडौं, ९ चैत्र । महोत्तरी पिपरा ५ सहोडवामा बृद्व मुसाफिर झा दम्पत्ति बेपत्ता घटनामा संम्लग्न रहेको अभियोगमा आज प्रहरीले ४ जनालाई सार्वनजिक गरेको छ । दम्पत्ति बेपत्ता भएको ४ सातापछि घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न सहोडवाका ५२ वषीय रामबाबु यादब, उनकै छोराहरु २६ वषीय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत मधुवनी जिल्लाका मधवापुरका हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot