Logo

प्रधानमन्त्री ओलीसँग विप्लवको भेटवार्तामा के के कुरा भयो



काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले भेटेका छन् । आज बालुवाटार पुगेर विप्लवले ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा विप्लवले २१ फागुनमा भएको शान्ति सम्झौता कार्यान्वयनबारे कुराकानी गरेका छन् । सम्झौता अनुसार मुद्दा फिर्ता, विप्लवका कार्यकर्ता रिहाईका विषयहरु थिए । विप्लवले जनमतसंग्रहको प्रस्ताव समेत राखेका छन् । उनले त्यसबारे पनि कुराकानी गरेको बुझिएको छ ।

पछिल्लो समय प्रचण्ड र विप्लवबीच एकताको विषय बाहिर आएको छ । यसमा पनि प्रधानमन्त्री ओलीले चासो देखाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

विप्लव आइतबार काठमाडौं फर्किएका थिए । उनले कम्युनिस्ट एकताको विषयमा हालै बोलेका थिए । यो विषयमा पनि छलफल भएको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्