काठमाडौं, ९ चैत्र । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालले चैत्र २४ गते साधारण सभा बोलाएको छ । कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा चितवनको पटीहानीमा १ बजे हुने भएको हो ।
सभाले वार्षिक प्रतिवेदनमा छलफल गर्ने, लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, २०७७/७८ आर्थिक वर्षको आय व्यव पारित गर्ने जस्ता विषयमा छलफल र पारित गर्ने भएको छ ।