Logo

निर्धन उत्थान लघुवित्तले संस्थापक शेयर बिक्रि गर्दै



काठमाडौं, ९ चैत्र । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको शेयर बोलकबोल मार्फत बिक्रि गर्ने भएको छ । संस्थाले संस्थापक समुहको १ लाख ८ हजार ५४२ कित्ता शेयर बोलकबोल मार्फत बिक्रि गर्न लागेको जनाएको छ ।

संस्थाले प्रतिकित्ता ५ सय ५० रुपैयाँ तोकेको छ । लगानी गर्न इच्छुकहरु कम्पनी, संघ, संस्थाहरुले चैत्र १८ गतेदेखि बैशाख २१ गतेसम्म न्युनतम ५ सय ५० रुपैयाँदेखि माथि बोलकबोलमा आवेदन दिन सक्ने छन् । बिक्रि तथा प्रबन्धक एनआईविएल एस क्यापिटलको अनुसार आफुले खरिद गर्न चाहेको कित्ता र मुल्य राखि गोप्य शिलबन्दी निवेदन पेश गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्