काठमाडौं, ९ चैत्र । किसान लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्कासन गर्ने प्रस्ताव हटाएर साधारण सभा बोलाएको छ । संस्थाले पुरानो प्रस्ताव हटाएर सभा सम्बन्धि नयाँ सुचना जारी गरेको हो ।
सभामा हकप्रद जारी गर्ने प्रस्ताव नलैजाने भएको छ । कम्पनीले सभा चैत्र २९ गते कैलालीको लम्की चुहास्थित आफ्नै भवनमा साधारण सभा हुने भएको छ । सभामा अन्य संस्थासँग मर्जर गर्ने तथा सो सम्बन्धि सम्पुर्ण कार्य गर्ने अख्तियारी समेत संचालक समितिलाई दिने प्रस्ताव गर्ने भएको छ ।