Logo

साताको कारोबारको दोस्रो दिन नेप्से २५१४ विन्दुमा रोकियो



काठमाडौं, ९ चैत्र । आज शेयर बजार सामान्य अंकले ओरालो लागेको छ । सोमबार ०.९५ प्रतिशत अर्थात २४.०८ अंकले घटेर २५१४.३९ विन्दुमा रोकिएको हो । आइतबार २५३८.४६ विन्दुमा नेप्से पुगेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.७९ अंकले ४४८.८० विन्दुमा झरेको हो ।

आज नेप्से परिसुचक होटल र टुरिजमको ३.४७ प्रतिशतले बृद्वि भएको हो । त्यस्तै, हाइड्रोपावरको ४.७९ प्रतिशतले परिसुचक बढेको हो । १० उपसमुहका नेप्से परिसुचक भने घटेका छन् ।
आज २११ कम्पनीका ६१ हजार ४८८ पटक कारोबार भएर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
नेप्सेका अनुसार आज अपर तामाकोशी हाइड्रोपावरको ४६ करोड ९६ लाख भन्दा धेरै कारोबार भएको छ । कम्पनीको प्रतिशेयर मुल्य ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ कायम भएको छ । त्यस्तै, आज सबैभन्दा धेरै उत्पादन उपसमुहको परिसुचक घटेको छ ।



प्रतिक्रिया दिनुहोस्