काठमाडौं, १० चैत्र । सिंगटो हाइड्रो इनर्जी लिमिटेडले २९ लाख कित्ता सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिने भएको छ । चैत्र ६ गतेबाट कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी गरेको आईपीओ मध्ये १ लाख ४५ हजार सामुहिक लगानीकोष र ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएपछि बाकी रहेको २६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आजसम्म बिक्रि नभएमा चैत्र २० गतेसम्म शेयर खदिर गर्न इच्छुकले आवेदन दिन सक्ने जनाएको छ । कम्पनीको न्युनतम १० कित्तादेखि धेरैमा २ लाख कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीले विक्रि तथा प्रबन्धकमा मेगा क्यापिटल मार्केट्र्स लिमिटेडलाई नियुक्त गरेको छ ।