काठमाडौं, १० चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्म ओलीले न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।
बैठकको शून्य समयमा सम्बोधन गर्दै सांसद उमा रेग्मीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन हुँदासमेत हत्यार पत्ता नलागेको भन्दै आक्रोश पोखिन् ।