Logo

पाकिस्तानलाई समृद्ध तुल्याउन जोड



काठमाडौँ, १० चैत: पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतवासद्वारा आज यहाँ उक्त देशको राष्ट्रिय झण्डा फहराइएको छ ।

आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै यहाँस्थित पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना पूर्वजले परिकल्पना गरेको पाकिस्तान निर्माण गर्न सबै पाकिस्तानीले आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले राष्ट्रिय दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएको थियो ।सन्देशमा उनीहरूले पाकिस्तानलाई आर्थिकरुपमा सशक्त एवं समृद्ध तुल्याउन पाकिस्तानीको दृढ प्रतिबद्धता अपरिहार्य भएको जनाएका छन् ।-रासस/File Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot