काठमाडौं, १० चैत्र । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्टको एकिकृत कारोबार चैत्र १४ गतेबाट हुने भएको छ । राष्ट्रबैंकले प्राप्ति गर्ने स्वीकृतिदिएपछि दुई संस्थाको एकिकृत कारोबार हुने भएको हो ।
सोमबार बसको संचालक समितिको बैठकले १४ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो । दुई कम्पनीको एकिकृत कारोबार सिटिजन्स बैंकको नामबाट हुने बैंकले जनाएको छ ।