Logo

गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा कला प्रदर्शनी, सुजाता कोइरालाद्वारा उद्घाटन



काठमाडौं, १० चैत्र । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा कला प्रदर्शन भइरहेको छ । ठमेलस्थित मिथिलायेननन आर्ट ग्यालेरीमा जारी प्रदर्शनी १४ चैत्रसम्म हुने जनाइएको छ । प्रदर्शनीको पूर्व उपप्रधानमन्त्री तथा गिरिजाप्रसाद कोइराला प्रतिष्ठानकी अध्यक्ष सुजाता कोइरालाले हिजो उद्घाटन गरेकी हुन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कला तथा संस्कृति विभागद्वारा कला प्रदर्शनीको आयोजना भएको हो । कार्यक्रममा बोल्दै नेपाली कांगे्रस नेता तथा फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले गिरिजाबाबुको सम्झनामा देशका विभिन्न स्थानमा दिप प्रज्ज्वलन, अन्तरक्रिया तथा शिक्षा, स्वास्थ्य, खेलकुद सम्बन्धि कार्यक्रमहरु आयोजना भएको बताइन् । उनले गिरिजा बाबु जहिले पनि हाम्रो देशको कला संस्कृतिलाइ कसरी संरक्षण र प्रबर्धन गर्न सकिन्छ भनेर लागि परेको बताइन् ।

कोइरालाले कला र संस्कृति मार्फत हाम्रो पहिचानलाई अन्तरास्ट्रिय स्तरमा चिनाउन महत्वपुर्ण भूमिका रहन्छ भन्दै फरक–फरक परिवेश भाषा, भेषभुषा, धर्म र संस्कृतिबाट एक अर्काको बारेमा परिचित हुन, सहकार्य गर्न यो क्षेत्रले ठुलो सहयोग पुर्याउने विश्वास गरिन् ।

उनले गिरिजाबाबुले नेपाल सांस्कृतिक संघ मार्फत र अन्य तबरले पनि सांस्कृतिक सम्पदाहरु जो विश्व सम्पदा सुचिमा परेका छन् लगायत अन्य सांस्कृतिक संरचनाहरु लाई अन्तरास्ट्रिय पहिचान प्रदान गर्न पहल गरेको स्मरण गरिन् ।

विभिन्न जिल्लाहरुको स्थानीय परिचय झल्काउने सांस्कृतिक महोत्सब, व्यापारिक महोत्सब र यस्तै कला संस्कृति प्रदर्शनी कार्यक्रमहरु मार्फत स्थानीय संस्कृतिको जगेर्ना मात्र नगरेर हाम्रो आन्तरिक पर्यटन प्रबर्धनमा पनि ठुलो टेवा पुर्याउन सक्ने उनको भनाई थियो । कोइरालाले फाउन्डेसनले आगामी दिनमा सबैसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि ब्यक्त गरिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot