Logo

जल उपभोक्ता समितिका अध्यक्ष र सचिवमाथि अख्तियारको मुद्दा



काठमाडौं, १० चैत्र । सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जित बहादुर तामाङ्गमाथि ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीसमेत भएको सिरम्फु सिंचाई योजना जल उपभोक्ता समिति लगायत बिभिन्न निर्माण व्यवसायी तथा अन्य उपभोक्ता समितिहरुबाट घुस लिएको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उपभोक्ता समितिका अध्यक्ष थामी र सचिव तामाङ्गले वकपत्र गर्न सिनियर इन्जिनियर प्रकाश अधिकारी र सव–इन्जिनियर सुधिर कुमार साहसमेतलाई घुस वापत ४ लाख रुपैयाँ दिएको पुष्टि हुन आएको थियो । ं
उनीहरुमाथि कानुन बमोजिम कारवाहीको माग दाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।-File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot