Logo

कोरोनाको दोस्रो लहरः कञ्चनपुरमा आजदेखि आंशिक निषेधाज्ञा



कञ्चनपुर, चैत ११ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि आंशिक निषेधाज्ञा जारी गरेको छ। प्रशासन कार्यालयले मङ्गलबार राति १२ देखि अर्को व्यवस्था नभएसम्मका लागि कडाई गरेको जनाएको छ । भारतमा बढिरहेको कोरोना संक्रमणको दरले नेपालमा समेत जोखिम बढेपछि कडाई गरिएको हो ।

प्रशासनको आदेशमा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने उल्लेख गरिएको छ। यस्तै, सामाजिक दूरीसहित गौरीफन्टा र गड्डाचौकी नाका बाहेकका नाका पूर्ण रुपमा बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्