Logo

जतिसक्दो चाँडो प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनुपर्छ : अधिवक्ता डा. दिनेश त्रिपाठी (भिडिओसहित)



काठमाडौं, ११ चैत्र । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता भएको भए राजीनामा दिने थिए भन्ने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले जतिसक्दो चाँडो पदबाट हटाउनुपर्ने पनि बताए ।

उनले भने,‘पहिलो कुरा त प्रधानमन्त्रीले आँफैले राजीनामा दिनुपर्दथ्यो, उनको संसद् विघटन गर्ने कदम असंवैधानिक भनेर अदालतले भनिसकेको छ । तर, प्रधानमन्त्रीमा अलिकति पनि लज्जाबोध त हुनुपर्यो नि । अदालतले पद छोड भनेको त छैन्, तर अदाललते उनको कदम रिजेक्ट गरिसकेको छ । नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो, तर उहाँमा नैतिकता नै छैन् ।’



प्रतिक्रिया दिनुहोस्