Logo

सांसद पद जोगाउन एमालेको माधव नेपाल समूहद्वारा अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय



काठमाडौं, ११ चैत्र । नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ । उक्त समूहको स्थायी कमिटी बैठकले अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो ।

अब केही दिनमै अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी भएको बुझिएको छ । यसलाई माधव नेपाल समूहको प्रदेश सभा सांसद पद जोगाउने रणनीतिका रुपमा लिइएको छ ।

अविश्वासको प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने सम्मको धम्की एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले दिएको थियो । एमाले नब्युँतिदा नै बागमती प्रदेश र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीहरु क्रमशः डोरमणि पौडेल र शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध १० पौष र प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध १२ पौषमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्तावलाई अगाडि नबढाई अड्काएर राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्