Logo

सभापतिजीलाई सरकारको नेतृत्व लिनेगरि अग्रसरता लिन भनिसकेका छौं : सिटौला (भिडिओसहित)



काठमाडौं, ११ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले नयाँ सरकार बन्ने प्रक्रियामा परिस्थिति अघि नबढेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारको नेतृत्व लिनेगरि अग्रसरता लिनको लागि आफूहरुले सभापति शेरबहादुर देउवालाई भनिसकेको पनि सिटौलाले सुनाए ।

सभापति देउवाले आफू सरकारको नेतृत्व लिनको लागि अग्रसर नभए आफूहरुले पार्टीभित्रैबाट अर्को व्यक्ति तयार हुने पनि उनले स्पष्ट पारे । उनले सभापति देउवाले आफूहरुसँगको छलफल र कुराकानीमा प्रधानमन्त्री बन्न आफू तयार छैन भनेर नभनेको पनि स्मरण गराए । उनले भने,‘उहाँ (सभापतिजी) तयार हुनुभएन भने हामी सल्लाह गरेर नयाँ उम्मेद्धवार तयार गर्छौं ।’ नयाँ सरकार बनाउनको लागि नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिनुपर्ने उनको भनाई छ । सभापति देउवाले प्रधानमन्त्री बन्न रुचि राख्दा सबैको सहमति हुने उनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्