Logo

नेप्से ४१ अंकले बढ्दा ६ अर्ब भन्दा बढीको कारोबार



काठमाडौं, ११ चैत्र । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसुचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको हो । मंगलबार २५२८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको हो ।

आज २०८ कम्पनीको ७२ हजार ९ सय ५७ पटक कारोबार भएर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

आज हाइड्रोपावर उपसमुहको बाहेक १२ उपसमुहको शेयरमुल्य सर्वाधिक गरेका छन् । सबैभन्दा धेरै व्यापार समुहको ९.४ प्रतिशतले परिसुचक बढेर ३८१ रुपैयाँ ११ पैसा प्रतिशेयर मुल्य कायम भएको छ ।

नेप्सेको अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६५ करोड १५ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको आज ५८१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यस्तै अपर तामाकोशीको ४१ करोड ५७ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य ७७२ रुपैयाँ कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्