काठमाडौं, ११ चैत्र । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा मंगलबार साझ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१५ बिष्णुदेबी बस्ने झापा दमक नगरपालिका–४ घर भएका ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा चन्द्रागिरी नगरपालिका–१५ बिष्णुदेबी टुसाल चोक बस्ने ३७ वर्षीय प्रभु कृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जन पक्राउ परेका हुन् ।
होटलमा खाजा खाने क्रममा साथी साथी बिच झगडा हुँदा प्रभु कृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले प्रभु कृष्ण र दिवाकरलाई पक्राउ गरेको जनाएको छ ।
गम्भीर घाइते भएका पदमलाई उपचारको लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।