Logo

नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै



काठमाडौं, ११ चैत्र । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरि छलफल अघि बढाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले सरकारलाई दिएको समर्थन एक/दुई दिनभित्रै फिर्ता लिने जानकारी दिए ।

आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिने अपेक्षा गरेको भएपनि अहिलेसम्म राजीनामा नदिएकोमा नेता पुनले आश्चर्य व्यक्त गरे । पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुनले भने,‘हामी एक÷दुई दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछौं । त्यसको अन्तिम तयारी भैसकेको छ ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्