काठमाडौं, चैत १२ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् ।
कांग्रेस अगाडि किन नसरेको हो र? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो रु तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन जस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षको भूमिका निभाइदिएका थिए । लोकतन्त्र, संसदीय व्यवस्था रक्षाका लागि कांग्रेसले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो त्यो आफै सिथिल के कारणले भएको हो रु यसको रहस्य के हो रु भन्ने कुरा आम जनताले सोचिराखेको छ ।
पिएम इन वेइटिङु भनेको उसको भूमिकामा निर्भर हुन्छ । नत्र त वेइटिङुमा मात्रै रहिरहन्छ । वेइटिङु भनेको वेइटिङ फर एक्सनु हो, अलवेज वेइटिङ्मा त्रै त होइन । त्यहाँनेर एउटा गडबड छ ।
प्रतिपक्षको भूमिका निर्वाह नगरेको भनेको यहिँ हो । उहाँको भूमिका केपी ओलीको पार्टीको ुस्याटेलाइटुको जस्तो भयो । उहाँले छायाँ सरकार पनि बनाउनुभएको हो । छायाँ सरकार भनेको रहेको सरकार असफल भएदेखि छायाँ सरकारले साच्चैको सरकारको भूमिका लिने हो । त्यो कुरा अरुले भनिराख्नुपर्छ र रु त्यो भूमिका र भनाइ त मिल्दैन । यसमा तारतम्य हुनुपर्छ । कान्तिपुर दैनिकबाट