काठमाडौं, १२ चैत्र । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले शेयर बिक्रि गर्ने भएको हो । बैंकले विज्ञप्ति सार्वजनिक गरेर संस्थापक शेयर बिक्रि गर्ने जानकारी दिएको हो । बैंकको अनुसार ६ जना संस्थापक शेयरधनीहरुको ३६ हजार ४ सय ६२ कित्ता सस्थापक शेयर बिक्रि गर्न लागेको हो ।
केन्द्रिय बैंकको निर्देशन अनुसार शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिएको बैंकले जनाएको छ । सुचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागजपत्र सहित निवेदन दिन बैंकले आग्रह गरेको छ ।