काठमाडौं, १२ चैत्र । पछिल्लो समयमा शेयरबजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको चासो बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि अत्यधिक बढेको हो । हालसम्म ३२ लाख ७२ हजार ७ सय ६४ जनाले डिम्याट खाता खोलेका हुन् ।
२०७२ देखि डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो । सेयर अभौतिक रुपमा अर्थात डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ । प्राथमिक सेयर (आइपिओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै, दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।