Logo

राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई उद्योगलाई २० लाख हस्तान्तरण



काठमाडौं, १२ चैत्र । दुई उद्योगलाई राष्ट्रिय वाणिज्य बैंकले २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको छ । बैकले सुजल डेरी प्रा. लि.र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई उर्जा बचत गरे बापत उक्त रकम हस्तान्रण गरेको जनाएको छ ।

गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ७६ हजार ५५७ रुपैयाँ र सुजल डेरीलाई १५ लाख ३५ हजार ९ सय १५ रुपैयाँ नगद हस्तान्रण गरेको हो । बैंकको अनुसार सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत बैंकले उक्त रकम हस्तान्तरण गरेको हो ।



प्रतिक्रिया दिनुहोस्