काठमाडौ., १२ चैत्र । दुई कम्पनीको साधारण सभा भोली बस्ने भएको छ । नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकको भोली (शुक्रबार) साधारण सभा हुने भएको हो । नेपाल दुसञ्चार कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब र महालक्ष्मी विकास बैंकको आफ्नै रजिष्ट्रड कार्यालय दरबारमार्गमा सभा हुने भएको हो ।
दुरसञ्चार कम्पनीले सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव गर्ने भएको छ । साधारण सभा प्रयोजार्थ कम्पनीले फागुन २८ गतेदेखि बैशाख १३ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ ।
त्यस्तै, महालक्ष्मी बैंकले आर्थिक वर्षको मुनाफाबाट ९.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले सभा प्रयोजनार्थ चैत्र ३ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।