काठमाडौं, १२ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विदाई गर्न ढिलाई गर्न नहुने भन्दै प्रतिपक्षको धर्म अनुकुल नभएको भन्दै कांग्रेसको भूमिकाको आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता भट्टराईले ‘अहिले असंवैधानिक ढंगले संसद् विघटनमा असफल भएपछि पूनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाई गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है’भन्ने टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्–”बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!”