सप्तरी, १२ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा बुधबार एकजना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनि नगरपालिका-४ बस्ने २८ वर्षीय संजय मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
संजयले ती महिलालाई आइतबार राति उनकै घरमा गई डर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।