Logo

इन्फ्रास्ट्रक्चर बैंकसँगै यी कम्पनीको कारोबार उच्च



काठमाडौं, १२ चैत्र । आज नेप्से २१ अंकमा झरेको छ । सोमबार २५७० विन्दुमा पुगेको आज भने २५४८.९६ विन्दुमा झरेको हो । बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ ।

नेप्सेको अनुसार बैंकको ८९ करोड ५० लाख ३८ हजार ८५४ रुपैयाँ बराबरको कारोबार भएको हो । बैंकको ६ सय ८ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएकोे छ । त्यस्तै, अपर तामाकोशीको २६ करोड ७९ लाख ९५ हजार ७८१ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । अपर तामाकोशीको ७ सय ६४ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

यसैगरी, सिद्वार्थ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हाइड्रो इलेक्टेसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल क्रेडिट एण्ड कर्मस बैंक नेपाल बंगलादेश बैंकको आज सर्वाधिक शेयर कारोवार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्