Logo

एनसीसी बैंकको ३ अर्बको ऋणपत्र विक्रि खुला



काठमाडौं, १३ चैत्र । नेपाल क्रेडिट एण्ड कमर्स  (एनसीसी) बैंकले आज (शुक्रबार) देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा विक्रि खुला गरेको जनाएको छ ।

बैंकले १० वर्ष अवधिको लागि ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ नाम दिएको छ । निष्कासन गरेको ऋणपत्रमध्ये ११ लाख ४० हजार कित्ता सर्वसाधारण, ६० हजार कित्ता सामुहिक लगानी र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बैंकले ऋणपत्र छुट्टाएको छ ।

ऋणपत्र बिक्रि तथा प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अनुसार आजबाट छिटोमा चैत्र १८ गतेसम्ममा र ढिलोमा चैत्र २७ गतेसम्म न्युनतम २५ कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन सकिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्