Logo

सनराइज बैंकको दक्षिणकाली मन्दिर परिसरमा क्युआर कोड



काठमाडौं, १३ चैत्र । सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तानी सेवा संचालन गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोवारको बिहीबार राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन् ।

अबदेखि उपभोक्ता तथा भक्तजनले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्रीको खरीद रकमको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा निःशुल्क वाइफाइ सुविधासमेत उपलब्ध गराएको छ । ग्राहकले दक्षिणकाली मन्दिर परिसरमा रहेका अधिकांश पसलमा क्युआर कोडबाट क्युआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ ।

क्युआर कोड भुक्तानी सेवा उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्त तामाङ, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शङ्करमान महर्जन, सनराइज बैंकका सञ्चालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायतले सम्बोधन गरेका थिए ।

बैंकको अनुसार डिजिटल कारोवारलाई प्रश्रय र क्यासलेस कारोवारलाई बढावा दिनका लागि सनराइज बैंकले क्युआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको  छ ।



प्रतिक्रिया दिनुहोस्