काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गर्नुपर्ने कुरा उठाएका छन् । आज (शुक्रबार) धनगढी विमानस्थलमा पत्रकारहरूसँग बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।
उनले सुदूरपश्चिम प्रदेश सरकारले सही गति लिन नसकेको भन्दै तत्काल परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,‘हामी छलफलमा छौँ । यो प्रदेश सरकारले गति लिन सकेन, अब चाहिँ परिवर्तन गर्नुपर्छ ।’ File Photo