Logo

माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सम्पन्न, नेपाल र पाण्डेले गरे ब्रिफिङ



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ । पार्टीभित्र आन्तरिक संघर्ष चु्लिएको बेलामा नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको आज छुट्टै बैठक बसेको हो । कलंकीस्थित् मेगा पार्टी प्यालेशमा बसेको बैठकमा वरिष्ठ नेता नेपाल र सुरेन्द्र पाण्डेले बोलेका थिए ।

नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षको बारेमा ब्रिफिङ गरेका थिए । र, ओलीले गरेका निर्णय पार्टीको विधानविपरित भएको भन्दै आफूहरुले सशक्त रुपमा प्रतिकार गर्ने पनि नेता नेपालले बताएका थिए । र, अब ओलीले पार्टीमा चाल्नसक्ने कदम र आफूहरु कसरी अघि बढ्ने भन्नेबारे पनि नेपालले आफ्नो रणनीति सुनाएका थिए ।

केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएलगत्तै सांसदहरुको मात्रै छुट्टै बैठक सुरु भएको छ । उनीहरुको छलफलले आज दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गर्ने बुझिएको छ । यसअघि नेपाल पक्षका सांसदहरुले संसदीय दलको बैठक बहिष्कार गर्दै आएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्