Logo

बास्केटबलमाथि ब्यालेन्स बनाउदै मलाइका



एजेन्सी, १३ चैत्र । बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फिटनेशको कारण सधै चर्चामा हुने गर्छिन् । उनी फिटनेश र फेशनको कारण ४७ वर्षको उमेरमा पनि भर्खरकी देखिन्छिन् । मलाइका फेसनमा निकै अगाडी छिन् ।

भर्खरै मात्र उनले अद्भुतरुपमा बास्केटबलमा सन्तुलन राख्दै आफ्नो प्रतिभा देखाएकी छिन् । मलाइकाले इन्स्टाग्राममा आफ्ना केही आकर्षक तस्वीर राखेकी छिन् । तस्वीरमा उनले बास्केटबलमा सन्तुलित गरेको देखिएकोे छ । उनले बास्केटबलमा कमालको ब्यालेन्स देखाएकी छिन् । तस्वीरमा मलाइकाले शट्र्स र स्पोर्टस् ब्रा लगाएकी छिन् ।
फोटो शेयर गर्दै अभिनेत्री मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘अन्तहिन डगमगाउने र अनुग्रहलाई सन्तुलन राख्ने एक उत्तम लाइन केवल तपाईको शक्ति हो । अद्भुत सेशनलाई जारी राखौ ।’

उनका तस्वीरलाई धेरै फ्यानहरुले प्रतिक्रिया दिँदै उनले दिएको उत्प्रेरणाको पनि खुलेर तारिफ गरेका छन् । मलाइका आफ्नो स्वास्थ्यलाई फिटनेस राख्ने अभिनेतत्रीहरुमा पर्छिन् । उनी धेरैजसो फरक–फरक लुकमा देखिन्छिन् । अर्जुन कपुरसँग प्रेम सम्बन्धमा रहेकी मलाइकाको प्रेम सम्बन्धको कारण पनि पछिल्लो समयमा चर्चा हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्