बाँके, १३ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका–२० राँझा बस्ने हुम्ला सर्केगाड गाउँपालिका–१ घर भएका २४ वर्षीय मिम बहादुर बुढालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते वैजनाथ गाउँपालिका–१ स्थित गाभर भ्यालीको होम स्टेभित्र लगि ती किशोरीलाई जुसमा लागूऔषध नाईट्राजेपाम मिसाई खुवाएर वेहोस बनाई जबरजस्ती करणी गरि फरार रहेका मिम बहादुरलाई जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो काठमाडौं समेतबाट खटिएको प्रहरीले काठमाडौं हाडीगाउँबाट फेला पारी पक्राउ गरेको जनाएको छ । साथै उनको साथबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १४ ट्याब्लेट र इबुप्रोफेन १ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।