Logo

कोरोनाबाट थप ४ जनाको मृत्यु



काठमाडौं, १३ चैत्र । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या  ३०२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १ सय ५६ थपिएका छन् ।

आज ७० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७६ हजार ६ सय ६५ संक्रमित भएपनि २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ सय ९९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २२ लाख ५६ हजार ३ सय  जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५२ जना  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्