Logo

एमाले संसदीय दलको बैठक सुरु, नेपाल पक्षका सांसदहरुपनि सहभागी



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरुपनि सहभागी भएका छन् ।

बैठकमा सहभागी हुनुअघि नेपाल पक्षका सांसदहरुको छुट्टै बैठक बसेको थियो । उक्त बैठकमा नेताहरुले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेका थिए । तर, आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष डा. भीम बहादुर रावल भने गएनन् ।



प्रतिक्रिया दिनुहोस्