Logo

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो भने संकटकाल लाग्छ : डा. केसी (भिडिओसहित)



काठमाडौं, १३ चैत्र । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले आफूले नेकपाको एकतालाई कृत्रिम एकताको संज्ञा दिएको र यो टिक्दैन् भनेर भविष्यवाणी गरेको कुरा अहिले पुष्टि भएको बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए मुलुकमा संकटकाल लाग्ने टिप्पणी गरेका छन् । डा. केसीले नेकपा (एमाले) फुटिहाल्ने नै नदेखिएको पनि टिप्पणी गरेका छन् । उनले वरिष्ठ नेता माधव कुमार नेपालसहित उनी पक्षधर नेताहरु प्रधानमन्त्री ओलीसामू लाचार भएको पनि बताएका छन् ।

प्रधानमन्त्री ओली माधव नेपाल र भीम रावललाई कारबाही गर्ने तहमा नजाने पनि केसीको भनाई छ । उनले माधव नेपाललाई कारबाही गरेर पार्टीबाट निश्काषन गर्न नसक्ने पनि ठोकुवा गरेका छन् । उनले प्रधानमन्त्री ओलीले कारबाही गर्नको लागि त केही क्रेज हुनुपर्यो नि भन्ने टिप्पणी गरेका छन् । बरु, कारबाही गर्नसक्ने पार्टीमा ल्याकत र क्रेज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको सुनाएका छन् । केसीले प्रधानमन्त्री ओली एक्सन ओरिएण्टेड लिडर नभएको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्