काठमाडौं, १४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्ना पार्टीका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनको खबरले मर्माृहत बनाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता पौडेलले स्वर्गीय नेता जोशीले देखाएको बाटो र साहसको सधैं मूल्यांकन गर्ने विश्वास दिलाएका छन् ।
उनले फेशबुकमा लेखेका छन्–”दाईसँगकाे प्रेम र सम्वन्ध असीम थियो । हरेक पल दाईको चासो गरिरहेका थियौं, कामना गरिरहेका थियौं । तर, आज दाईकाे निधनको खबरले मर्माहत बनाएको छ । दाईले देखाउनुभएको बाटो र साहसको सधैं मूल्यांकन गर्नेछौं । अलविदा नविन्द्र दाई । भावपूर्ण श्रद्धान्जली ।”