Logo

सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छु : प्रचण्ड



काठमाडौं, १४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । बृहत्त नागरिक आन्दोलनद्वारा आज काठमाडौंस्थित् प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थत फिर्ता लिने तयारी गरेको पनि जनाए । ओली सरकार प्रतिगामी भनेर आफूहले भनिसकेकोले अब पनि सरकारलाई समर्थन दिईनरहने जनाए ।

https://www.facebook.com/prachanda.nepal/videos/874779146419030

उनले भने,‘हत्तपत्त समर्थन फिर्ता लिँदा झन उल्टो पर्छ है भनेकोले म रोकिएको हो, तर, म केही दिनभित्रै त्यो प्रक्रिया अघि बढाउँछु । मेरो नैतिकता बचाउँछु । मैले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको हो । त्यसैले अब अविश्वासको प्रस्ताव र समर्थन फिर्ता सँगसँगै होस भन्ने चाहेको हो । म कुर्नेवाला छैन् ।’



प्रतिक्रिया दिनुहोस्