काठमाडौं, १४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जसले अविश्वासको प्रस्ताव ल्याएपनि त्यसको पक्षमा मत हाल्ने स्पष्ट पारेका छन् ।
आज (शनिबार) बृहत्त नागरिक आन्दोलनले प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी त प्रतिपक्षी दल हौं । जसले अविश्वासको प्रस्ताव ल्याएपनि हामी त्यो प्रस्तावको पक्षमा मत हाल्छौं ।’
पूर्वमन्त्री समेत रहेको नेता रिजालले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको विपक्षमा संसदमा राजनीतिक रुपमा बहुमत भए पनि प्राविधिक रुपमा भने नभएको बताए ।
रिजालले प्रधानमन्त्री भएको दिनदेखि नै ओलीलाई कांग्रेसले विश्वासको मत नदिएको बताए । File Photo/ReportersNepal