Logo

महन्थ ठाकुरलाई प्रचण्डको आग्रह : ‘मजस्तै बालुवाटार नधाउनुहोस, आँफै सरकार बनाऔं’



काठमाडौं, १४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटार नधाउन आग्रह गरेका छन् । आज (शनिबार) नेपाल प्रज्ञा भवनको डबलीमा आयोजित बृहत्त नागरिक आन्दोलनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

https://www.facebook.com/prachanda.nepal/videos/874779146419030

उनले आफूले पनि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हुँदा बारम्बार बारम्बार बालुवाटार धाएको तर समस्याको समाधान नभएको सुनाउँदै नेता ठाकुरलाई पनि बालुवाटार नधाउन सुझाव दिए । उनले बरु, जसपा, नेपाल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्दू) बीच सहकार्य हुनुपर्ने र नयाँ सरकार बनाउनुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्