Logo

गरिमा शर्मासँगको ‘लभ-अफेयर्स’ हल्लाबारे पल शाहको नयाँ खुलासा, ऋषि धमलाको हमला (भिडिओसहित)



काठमाडौं, १४ चैत्र । चर्चित नायक तथा मोडेल पल शाहले आफूले महिनामा २० देखि २२ वटा म्युजिक भिडिओ खेल्ने गरेको सुनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको चर्चित कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले आफू कामलाई पूजा गर्ने व्यक्ति भएकोले पछिल्लो समय धेरै म्युजिक भिडिओ खेलिरहेको सुनाए । उनले काठमाडौंमा आफूले छिट्टै घर बनाउनेपनि सुनाए । त्यसको लागि घडेरी किनिसकेको पनि शाहको भनाई छ ।

उनले अहिलेसम्म दुई हजारजति भिडिओमा अभिनय गरेको पनि जानकारी दिए । उनले लकडाउनकै अवधिमा पनि चलचित्रको काम भएको सुनाए । उनले आगामी वैशाखबाट चलचित्रको काममा व्यस्त हुने जनाए । उनले नायिका आँचल शर्मा आफ्नो लागि मनपर्ने नायिका भएको पनि सुनाए । उनले आफू र आँचलबीच साथीको हिसाबले राम्रो र सुमधुर सम्बन्ध रहेको र अहिलेपनि सो सम्बन्ध कायम रहेको स्पष्ट पारे । उनले एक-अर्काबीच उच्च सम्मान रहेको टिप्पणी गरे ।

पत्रकार धमलाले मोडेल गरिमा शर्मासँग तपाईँको नाम जोडिएको छ, प्रेम सम्बन्धमा हो त ? वास्तविकता के हो ? भनेर सोधेको प्रश्नमा नायक शाहले भने-“हामी एकदमै नजिकका साथी हौं । हामी रेस्पेक्टवाला साथी हौं । राम्रो काम गर्ने एक्टरलाई म सम्मान गर्छु । बाहिर चर्चा केही पनि छैन् । सँगै हिँड्ने बित्तिकै गर्लफ्रेण्ड हुन्छ त ? कार्यक्रममा सँगै जाँदैमा लभ पर्छ र ? उहाँ मेरो टिममा हुनुहुन्छ, उहाँ राम्रो एक्टर हो । जोसँगै काम गर्यो, उसैसँग मन पराउने कुरा त आजसम्म मेरो २० जना गर्लफ्रेण्ड भैसक्थे नि । यो कुराले उहाँको फ्याम्लीलाई असर नपरोस । म त बानी परेको छु ।” भविष्यमा पनि आफूहरुबीच विवाह हुने कुनै सम्भावना नभएको शाहको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot