Logo

करयोग्य नयाँ क्षेत्र खोजिँदै



काठमाडौं, चैत १५ । सरकारी राजस्व बढाउने उद्देश्यसहित नेपाल राजस्व परामर्श बोर्डले करयोग्य नयाँ क्षेत्रको पहिचान गर्न अध्ययन सुरु गरेको छ । करयोग्य त्यस्ता क्षेत्रको पहिचान गर्दै सरकारलाई आगामी राजस्व नीतिका लागि सुझाव पेस गर्न अध्ययन अगाडि बढाइएको बोर्डका अध्यक्ष महेश दाहालले जानकारी दिए । “राजस्वको दायराभित्र नआइसकेका करयोग्य केही क्षेत्रको पहिचानका लागि विभिन्न समितिमार्फत अध्ययन भइरहेको छ”, उनको भनाई छ ।

बोर्डले खासगरी घरजग्गा व्यवसाय, ढुवानी व्यवसाय, अनलाइन भुक्तानीजस्ता क्षेत्रलाई करको दायरामा ल्याउन सक्ने सम्भाव्यताका विषयमा अध्ययन गरिरहेको अध्यक्ष दाहालले जानकारी दिए। यस्ता क्षेत्रमा ठूलो कारोबार हुने तर सरकारी राजस्वमा खासै योगदान नदेखिएकोले करयोग्य बनाउन अध्ययन अघि बढाइएको उनको भनाइ छ ।

व्यक्तिगत तहमा भइरहेको घरजग्गा कारोबारलाई एजेन्सीमार्फत गर्न सकिने सम्भाव्यताका विषयमा बोर्डले अध्ययनलाई केन्द्रित गरेको छ । अहिले व्यक्ति–व्यक्तिबीच घरजग्गा किनबेचको कारोबार भइरहेकोमा त्यसलाई संस्थागत प्रणालीमा ल्याएर कर उठाउन सकिने बोर्डको धारणा छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्