काठमाडौं, १५ चैत्र । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्टको एकिकृत कारोबार शनिबारदेखि सुरु भएको छ । राष्ट्र बैंकले प्राप्ति गर्ने स्वीकृति दिएपछि दुई संस्थाको एकिकृत कारोबार भएको हो ।
सोमबार बसेको संचालक समितिको बैठकले १४ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो । दुई कम्पनीको एकिकृत कारोबार सिटिजन्स बैंकको नामबाट हुने बैंकले जनाएको छ ।