Logo

‘लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ’ : शेखर कोइराला



काठमाडौं, १५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने आवयश्कत्ता औंल्याएका छन् । कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभालाई विराटनगरमा सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले देशको राजनैतिक निकासका लागि नयाँ सरकार आवश्यक रहेको प्रस्ट पारे । नेता कोइरालाले देशलाई अप्ठ्यारो पर्दा जहिले पनि कांग्रेसले नेतृत्व गर्दै आएको पनि स्मरण गराए । उनले भने,“देशका लागि फेरि पनि कांग्रेसको नेतृत्व जरुरी देखिएको छ, जतिसक्दो चाँडो अन्य दलसँग संवाद गरेर विद्यमान राजनैतिक संकटबाट देशलाई पार लगाउनुपर्छ ।” तस्विर : दिनेशचन्द्र थपलिया/Facebook

 



प्रतिक्रिया दिनुहोस्