Logo

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं, १६ चैत । सोमबार देशका अधिकांस क्षेत्रको मौसम आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।अहिले देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली अवस्था रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो भने प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भूभागहरुमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

आज राति प्रदेश १ लगायत देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्